योगीको आत्मकथा नेपाली अडियोपुस्तक — निःशुल्क डाउनलोड
हामी तपाईंलाई योगदा सत्सङ्ग सोसाइटी अफ इंडिया/सेल्फ-रियलाइजेसन फेलोसिपका संस्थापक तथा गुरू परमहंस योगानन्दद्वारा लिखित अत्यधिक बिक्री हुँदै आएको आध्यात्मिक कृति योगीको आत्मकथाको नेपाली अडियोपुस्तक निःशुल्क रूपमा उपलब्ध गराउन पाउँदा खुशी छौं।
कृपया आफ्नो इमेल ठेगाना साझा गर्नुहोस्, हामी तपाईंलाई नेपाली अडियोपुस्तक निःशुल्क डाउनलोड गर्नको लागि लिङ्क पठाउनेछौं।
विश्वभरि आध्यात्मिक धरोहरको रूपमा प्रशंसित यो सर्वाधिक बिक्री हुँदै आएको उत्कृष्ट ग्रन्थले करोडौँ मानिसहरूलाई उनीहरूको परिवर्तनकारी यात्रामा, नयाँ र अत्यन्तै सन्तोषजनक जीवनशैलीतर्फ अग्रसर गराएको छ । परमहंस योगानन्दको अद्वितीय जीवनकथामा समेटिएको सम्पूर्ण ज्ञान, हास्य-विनोद र प्रेरणाले बोलेका शब्दहरूको जीवन्ततासँगै प्रस्तुत गरिएको छ।
नयाँ पाठकहरूका लागि होस् या यसलाई धेरै समयदेखि स्नेहपूर्वक साथमा राख्नेहरूका लागि होस्, यो एक व्यावसायिक कुशल वक्ताद्वारा गरिएको भावनात्मक र आकर्षक वाचन स्वागतयोग्य हुनेछ। यसले परमहंस योगानन्दका रंगीन स्मृतिहरूको मोहकता समातेको छ, जसले उहाँका गहन आध्यात्मिक अनुभवहरू, अन्य सन्तहरूसँगको भेटघाट, र जीवनका परम रहस्यहरूको उज्यालो खोजलाई जीवन्त रूपमा प्रस्तुत गर्दछ।
यो अडियोपुस्तक संस्करण पूर्ण (संक्षिप्त नगरिएको) MP3 स्वरूपमा निःशुल्क डाउनलोडको लागि उपलब्ध छ।
परमहंस योगानन्दका क्रियायोग शिक्षाहरू
क्रियायोगको पवित्र विज्ञान ध्यानका उन्नत प्रविधिहरूबाट बनेको छ, जसको निष्ठापूर्वक अभ्यासले परमेश्वरको साक्षात्कार र आत्मालाई सबै प्रकारका बन्धनबाट मुक्त गराउँछ। यो योग अर्थात् दिव्य ऐक्य प्राप्त गर्ने राजमार्ग वा सर्वोच्च प्रविधि हो।
ध्यान गर्नका लागि केही आधारभूत निर्देशहरू यहाँ पाउन सकिन्छ, जसलाई तपाईं तुरुन्तै प्रयोग गरी ध्यानले ल्याउने शान्ति र परमात्मासँगको ऐक्य अनुभव गर्न सुरु गर्न सक्नुहुन्छ।
हामी तपाईंलाई यो संस्करण तपाईंको व्यक्तिगत, गैर-व्यावसायिक प्रयोगका लागि आफ्नै डिजिटल उपकरणहरूमा डाउनलोड गर्न निमन्त्रणा गर्दछौं। यस सामग्रीको कुनै पनि भागलाई प्रकाशकको पूर्व लिखित स्वीकृति बिना परिवर्तन, पुन: उत्पादन वा वितरण गर्न पाइने छैन।
वाईएसएस पुस्तक र प्रकाशनहरू
परमहंस योगानन्द र उनका प्रत्यक्ष शिष्यहरूद्वारा प्रकाशित पुस्तकहरू र अन्य प्रकाशनहरूबारे थप जान्न कृपया तलको लिङ्कमा क्लिक गर्नुहोस्: